अर्घाखाँची -सिंहदरवार जलेको खबर सुनेपछि रातभर निद्रा नपरेका शितगंगा नगरपालिका-२ सितापुरका तुल्सीराम अधिकारीले आफ्नो पसिनाको कमाइ राष्ट्रलाई अर्पण गरेका छन्।
“म बनाउँछु, मेरो सिंहदरबार” भन्ने अठोटसहित उनले कृषि पेशाबाट कमाएको १ लाख १ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेका हुन्।
अधिकारीले भने “म कुनै भाइरल हुन खोजेको होइन। यो मेरो मनको शान्ति र देशलाई बनाउनको अभियान हो। सबैलाई आफ्नै ठाउँबाट साथ बढाउन अनुरोध गर्छु।”
उनले बुझाएको रकमको भौचर ग्रहण गर्दै अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले भने “जेन-जी आन्दोलनले मुलुकका प्रमुख संरचना ध्वस्त भएका छन्। अब पुनर्निर्माण सबैको साझा जिम्मेवारी हो। प्रत्येक नागरिक आ-आफ्नो ठाउँबाट जुट्नुपर्छ। तपाई हाम्रो कर्तव्य हो ”