काठमाडौं — तीज नजिकै आउदै गर्दैगर्दा नेपाली लोकसंगीत क्षेत्र पुनः रमाइलो बनिरहेको छ। यसै अवसरमा लोकप्रिय गायिका बिन्दु बिहानीले नयाँ तीज गीत ‘पाउजुको तालैमा’ सार्वजनिक गरेकी छन्।
यस गीतमा नेपाली चेलीको तीज पर्वको उत्साह, रमाइलो र संस्कृतिक भावनालाई मिठासका साथ प्रस्तुत गर्न खोजिएको छ । यसअघि ‘दिलैको प्यारे’, ‘सालको पात लसाके’, ‘ज्यान खाने माया’ जस्ता गीतहरूमार्फत दर्शकमाझ पहिचान बनाएकी बिन्दुले, यसपालिको तीज विशेष गीतमा शब्द, संगीत र गायन तीनवटै भूमिकामा आफैंले प्रस्तुत गर्दै बहुपक्षीय प्रतिभा देखाएकी छन्। गायिका बिन्दुलाई तेजु मगरले स्वरमा साथ दिएका छन्।
गीत ‘पाउजुको तालैमा’ बिन्दु बिहानीको अफिसियल युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो। लोकलयमा आधारित गीतमा नेपाली चेलीहरूले तीजमा लगाउने पाउजु, गरगहना, नाचगान र मेलापातको रमाइलो झल्काइएको छ। गीतमा तीजको मौलिकता र नयाँ पुस्ताको आकर्षण दुबैलाई समेट्ने प्रयास गरिएको हो ।
गीतको भिडियोमा अलिना रायमाझी र आरके परियारको आकर्षक अभिनय देख्न पाइन्छ भने निर्देशन तथा कोरियोग्राफी बिक्रम चौहानले गरेका छन्। प्रकाश खड्का र टिमको छायांकन, राजकुमार मगरको सम्पादन तथा रङ संयोजनले भिडियोलाई थप आकर्षक बनाएको हो ।
भिडियो :

