अर्घाखाँची । सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मंसिर २ गते हुने छैटौं अधिवेशनका लागि दुई जनाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
हालका कोषाध्यक्ष तथा युवा व्यवसायी युवराज खत्री (प्रेम) ले संस्थाको समग्र विकास र हितलाई प्राथमिकता दिने उद्देश्यसहित आफूलाई साझा उम्मेदवारका रूपमा घोषणा गरेका छन्।
यता स्वतन्त्र नागरिक समाजको तर्फबाट बाबुराम भुसालले पनि अध्यक्षमा उम्मेदवारी सार्वजनिक गरेका छन्। उनी साथी होटलका सञ्चालक हुन् र लामो समयदेखि सामाजिक सेवामा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्।
जिल्लामा दुबै जना लोकप्रियताका हिसाबले परिचित छन्। खानेपानीजस्तो संवेदनशील विषयमा उपभोक्ताको लागी पानीको गुणस्तर, सुधारका उपाय, सहज शुल्क र सेवा प्रभावकारिता बनाउनुपर्ने आजको आवश्यकता हो ।

