नेपाल राज्य संवाददाता
रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष पदमा कांग्रेस, माओवादी र एमालेका उम्मेदवारलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार एकबहादुर क्षेत्री निर्वाचित भएका छन् ।
क्षेत्रीले ७ सय ५ मत ल्याएर गठबन्धनका तर्फबाट प्रतिष्प्रधी उम्मेदवार नारायण थापालाई पराजित गरे । थापाले ६ सय ४१ मत ल्याए । एमालेका तर्फबाट उम्मेदवार नारायण पाण्डेले ६ सय २६ मत ल्याए ।
रास्वपा क्षेत्री भन्दा थापा र पाण्डे लामो समयदेखि सामाजिक अगुवाका रुपमा चिनिन्छन् । सबै पदमा एमाले समर्थित उम्मेदवार विजयी भए भने गठबन्धनका सबै उम्मेदवार पराजित भए ।