हरि कुँवर, अर्घाखाँची ।
अभिनेता पल शाह अर्घाखाँची बासीको मुटुको धड्कनमा बस्न सफल भएका छन् । उनलाई हेर्न छैठौं अर्घाखाँची महोत्सवमा दर्शकको भीड लागेको हो ।
फिल्म र संगीत क्षेत्रमा छुट्टै पहिचान बनाएका अभिनेता पल शाह बिहीबार अर्घाखाँची महोत्सवमा आउँदा करिब १० हजार भन्दा बढी दर्शकको भीड लागेको हो ।
अहिलेको चर्चित गीत “म त ढलें ढलें..” “माया लाई पानको पात… “सबैको मुखमा झुण्डिएको पाइन्छ । सोही गीतका कलाकार पल शाह गायिका शान्तारानी परियार अर्घाखाँची महोत्सवमा देखा परे ।यही गीतमा युवायुवती ताली बजाउने कम्मर ढल्काउने गरे । उनको दमदार सांगीतिक प्रस्तुति दिएका कारण दर्शकको निकै उत्साहजनक उपस्थिति रहेको थियो ।
यसै बीच मालारानी -३ कि रिता शर्माले आफू पल शाहलाई हेर्न आएको बताइन् । अहिलेसम्मको अधिक सहभागीता रहेको सन्धिखर्क -२ कि स्थानीय कमला परियारले बताइन् । भीडसंगै महोत्सवमा राखिएका स्टलमा समेत ब्यापार बढेको पाइएको छ ।
दर्शकहरुले आफ्नो मोबाइलमा कैद गर्न र छुनका लागि भएको हानाथाप रोचक हुनुका साथै कलाकार लाई पनि थप उत्साह थपिएको देखिन्थ्यो ।
“कृषि, पर्यटन, उद्योग र व्यापार समृद्ध नगरको बलियो आधार” भन्ने मुलनाराका साथ पुष २९ गते सुरु भएको मेला माघ १२ गतेसम्म चल्नेछ मेलामा भोलि अर्थात माघ ११ गतेका कलाकारहरु बद्रि पंगेनी,एलिना चौहान,आश्मा बन्जाडे ,प्यार अलि खाण,बिरा घर्ति,रमेश श्रेष्ठ साथमा खुल्ला नृत्य प्रतियोगिता तथा स्थानिय कलाकारहरूको प्रस्तुति रहने भएपछि भोलि शुक्रबार पनि उत्तिकै दर्शकहरुको भिड लाग्ने आयोजकले बताएको छ ।