काठमाडौं ।
अर्घाखाँची मालारानी-५ बाँगीका नवकलाकार मणि कुँवरको नयाँ गीत ‘बैमानी’ सार्वजनिक भएको छ ।
भावनात्मक गहिराइ बोकेको यस गीतमा मणि कुँवर र लोकप्रिय गायिका समिक्ष्या अधिकारीको स्वर रहेको छ। गीतका शब्द र संगीत स्वयं मणि कुँवरले तयार पारेका हुन्।
‘बैमानी’ मा ओबी रायमाझी र लोसिना लामिछानेले दमदार अभिनय गरेका छन् भने गीतको निर्देशन विक्रम चौहानले गरेका हुन् । भिडियोको छायांकनदेखि सम्पादनसम्म अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ भन्ने निर्माण टिमको भनाइ छ।
बुधबार शुभारम्भ डिजिटल म्युजिक प्रा.लि (Shubharambha Digital Music) द्वारा सार्वजनिक भएको गीतले दर्शक-श्रोताको मन लोभ्याउदै गीत सामाजिक संजालमा सेयर भएको छ । गीतले नेपाली आधुनिक संगीतमा नयाँ स्वाद थप्ने अपेक्षा गरिएको हो ।
भिडियो :