काठमाडौं।
पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको ९० वर्षको उमेरमा आज बिहान काठमाडौंमा निधन भएको छ।
१९९३ सालमा अर्घाखाँचीमा जन्मिएका शास्त्री कांग्रेस संगठन विस्तार र आन्दोलनहरूमा सक्रिय थिए। २०४८ मा सांसद निर्वाचित भई उद्योगमन्त्री बनेका थिए।
श्रीमती, दुई छोरा र दुई छोरी रहेका शास्त्रीको अन्तिम संस्कार छोराहरू फर्किएपछि गरिने परिवारले जनाएको छ।