दाङ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विविधतामा एकता नेपाली समाजको मौलिक विशेषता भएको जनाएका छन् । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद–उल–अज्हा (बकर ईद)–२०८२ को अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले संविधानले गणतन्त्र, संघीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यलाई संस्थागत गरेको उल्लेख गर्दै विविधताभित्र एकताको भावना प्रवद्र्धन गरिरहेको बताए । उनले विविधतामा एकता नेपाली समाजको मौलिक विशेषता भएको उल्लेख गरेका हुन् ।
मुस्लिम समुदायको दोस्रो ठूलो पर्व ईद–उल–अज्हा इब्राहिम अलैहिस्सलामले अल्लाहको आदेशमा आफ्ना छोरा इस्माइललाई बलिदान गर्न तयार भएको सम्झनामा मनाइन्छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू मस्जिदमा नमाज पढेपछि शुभकामना आदान–प्रदान गर्ने परम्परा रहेको बताइएको छ ।
मुख्यमन्त्री आचार्यले धार्मिक पर्वहरूले आपसी सद्भाव, सहिष्णुता र मेलमिलापको सन्देश दिने बताउँदै बकर ईदले सामाजिक एकता, धार्मिक सहिष्णुता र संस्कृतिको संरक्षणमा योगदान पु¥याउने विश्वास व्यक्त गरे। उनले यस पर्वले समाजमा प्रेम, भाइचारा र सहयोगको भावना बलियो बनाउने उल्लेख गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारले सबै धर्म, संस्कृति, परम्परा र पहिचानलाई समान सम्मान र संरक्षण गर्दै आएको उल्लेख गर्दै उहाँले प्रदेशको समृद्धि र विकासमा सबै समुदायको योगदान र सहकार्य अपरिहार्य रहेको बताए ।

