बुटवल ।
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको साधारण सभा तथा प्रदेश भेला दाङमा हुने भएको छ । भव्यरूपमा हुनलागेको सभाको तयारी पूरा भएको हो ।
” समृद्धिका लागि सञ्चारकर्म प्रेस चौतारीको मूल मर्म” भन्ने मुलनारा सहित फागुन ५ गते दाङको देउखुरीमा हुन लागेको हो । जिल्लाका केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, प्रदेश समिति सदस्य र पदाधिकारीहरु लगाएतको सहभागि हुनेछ्न । राप्ती उपत्यकाको सभाहलमा बिहान ११ बजे सुरु हुने भएको प्रेस चौतारी नेपाल लुम्बिनी महासचिव निरा गौतम (निरु)ले बताइन् ।