सचिन बोहोरा
अर्घाखाँची– शितगंगा नगरपालिका वडा १ र २ मा गर्भवती महिलाको लागि स्वास्थ्य परीक्षण गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र ठाडाका डाक्टर सहितको टीमले सुवर्णखाल र सितापुरका गर्भवतीको स्वास्थ्य परीक्षण गरिएको हो । शितगंगा नगरपालिकाको १४ वटै वडाको घरदैलोमा पुगेर सेवा दिइने नगर उपप्रमुख गिता भाटले बताइन ।
