दाङ ।
दाङमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका –७ नवरपुर निवासी अन्दाजी २७ बर्षीय सन्तोष चौधरीको घरको छतबाट खसेर मृत्यु भएको हो ।
घरको दुइतला माथी देखि खसेर गम्भिर घाइते भएका चौधरी लाई उपचारकै क्रममा मृत्यु भएको प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिए।