अर्घाखाँची ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इञ्चार्ज ठाकुरकुमार विक ‘किशोर’ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको कुर्सीसम्म पुर्याउने ऐतिहासिक भूमिकामा माओवादी केन्द्र रहेको दाबी गरेका छन्।
नेता किशोरले भने “यो पार्टी जनताको सपना, जनताको सम्मान र समानताको लागि लडेको पार्टी हो। यहाँ जनताका छोराछोरी राष्ट्रपतिको कुर्सीमा पुगे, उपराष्ट्रपति बने, सभामुख-उपसभामुख बने, मन्त्री बने-त्यो सहज थिएन माओवादी आन्दोलनको बलिदानबाट सम्भव भएको हो।”
एक कार्यक्रममा किशोरले पूर्व राष्ट्रपति डा. रामवरण यादव पनि माओवादीकै समर्थन र सहकार्यबाट राष्ट्रपतिको पदमा पुगेको स्मरण गराए।
“हामीले लडाइँ लड्यौं, पसिना बगायौं, रगत झार्यौं, कैयौं सपना देख्यौं-तर अहिले प्रश्न उठ्छ: हामीले लडेर के पायौं? भन्नेभन्दा महत्वपूर्ण प्रश्न हो- जनताले के पाए? देशले के पायो? जनता छोराछोरीले के पाए ?त्यो बुझाउने बेला अहिले हो,” भावुक हुँदै अभिव्यक्ति दिए ।
उनले भने, “माओवादी नेतृत्वको सरकार हुँदा जनताको घरमा लोडसेडिङ हुने थिएन बत्ती जादैन थियो ,अहिले पटक-पटक जान्छ ,सरकार बदलिँदा जनताले त्यो अनुभव गरिरहेका छन्, तुलना गरिरहेका छन्।”
नेता ठाकुरकुमार विक ‘किशोर’ले दाबी गरे माओवादी आन्दोलन केवल सरकार बनाउने आन्दोलन थिएन , यो जनतालाई सत्तामा पुर्याउने आन्दोलन थियो-जहाँ गाउँका छोराछोरी सिंहदरबार पुग्न सक्छन्, सपना देख्न सक्छन्, र त्यो सपना पुरा गर्न सक्छन्।