काठमाडौं – दशैँ नजिकिँदै गर्दा उपत्यकामा मुस्ताङका च्याङ्ग्रा बिक्री थालिएको छ। भक्तपुरको सल्लाघारी चौरमा विशेष बिक्री कक्ष खोलेर च्याङ्ग्रा उपलब्ध गराइएको हो।
स्थानीय व्यापारी रमेश श्रेष्ठका अनुसार मुस्ताङका विभिन्न गाउँबाट संकलन गरिएका च्याङ्ग्रा १२ दिन लामो यात्रा पछि काठमाडौं ल्याइएका हुन्। यस वर्ष प्रतिकिलो १ हजार २ सय ५० रुपैयाँमा बिक्री सुरु भएको उनले बताए।
सरकारले यसपटक दशैँका लागि खसी, बोका र च्याङ्ग्रा वितरण नगर्ने निर्णय गरेपछि उपभोक्ताले सामान्यतया भन्दा केही बढी मूल्य तिर्नुपर्ने अवस्था आएको व्यापारीहरूको भनाइ छ। माग भने प्रत्येक वर्षझैँ यसपालि पनि राम्रै देखिएको उनीहरूको अनुभव छ।