चितवन ।
चितवनको राप्ती नगरपालिका–४ स्थित भण्डारा नजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बस र माइक्रोबस ठोक्किँदा ७ जनाको ज्यान गएको छ। शनिबार बिहान सवा १० बजे भएको दुर्घटनामा अन्य १४ जना घाइते भएका छन्।
धनगढीबाट काँकडभिट्टा जाँदै गरेको बस (प्रदेश १–०१–००१ ख ३५८३) र मकवानपुरबाट नारायणगढतर्फ गइरहेको माइक्रोबस (बागमती प्रदेश ०३–००१ ज २९९) एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
चितवन प्रहरीका अनुसार घाइतेहरूको भरतपुरका चार अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।