काठमाडौँ ।
नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले सरकारले ल्याएको बजेट किसानको विपक्षमा रहेको आरोप लगाएका छन्। राष्ट्रिय सभामा बोल्दै उनले उखु किसानको अनुदान बन्द गरेर व्यापारीलाई लाभ हुने गरी भन्सार शुल्क घटाइएको बताए।
भुसालका अनुसार सरकारले उखु किसानलाई दिइँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान बन्द गरेर गुँड, सक्खर र चिनीको भन्सार शुल्क ३० प्रतिशतबाट घटाएर ५० प्रतिशत मात्र राखेको छ।
उनले माघ महिनादेखि दूध उत्पादक किसानले भुक्तानी नपाएको र सरकारले किसानको पक्षमा कुनै पहल नगरेको गुनासो गरे। भुसालले किसानलाई डस्ने र व्यापारीलाई पोस्ने नीति सरकारले लिएको आरोपसमेत लगाए।