शोभाखर पन्थी
अर्घाखाँची
नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले महिला अधिकारको सुनिश्चितता नेकपा एमाले बाट मात्र संभव हुने बताउनुभएको छ ।
अखिल नेपाल महिला संघ (अनेमसंघ) अर्घाखाँची द्वारा सन्धिखर्कमा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले नेकपा एमालेको सरकारले मात्रै महिला अधिकार सुनिश्चित गर्ने भन्दै एमालेको पक्षमा जनमत सिर्जना गर्न महिलाहरूलाई आग्रह गर्नुभयो ।
वर्तमान परमादेश सरकारका कारण मुलुक गम्भीर संकटमा फसेको भन्दै उहाँले आसन्न निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयो । सरकार हरेक क्षेत्रमा असफल रहेको भन्दै नेता भुसालले राष्ट्रिय स्वाभिमान माथि आँच पुर्याएको,महंङ्गी नियन्त्रण गर्न नसकेको ,भ्रष्टाचारलाई प्रोत्साहन गरेको ,अनियमितता र ढिलासुस्ती बढेको आरोप लगाउनु भयो । उहाँले परमादेश बाट निर्मित वर्तमान सरकारलाई मंसिर -४ मा हुने निर्वाचन बाट विस्थापित गर्न नसके देश र जनताले ठुलो मुल्य चुकाउनु पर्ने आसंका समेत प्रकट गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल महिला संघका केन्द्रीय सचिवालय सदस्य ईन्दिरा फुयाँलले महिला अधिकार सुनिश्चितताको निम्ति थप संघर्ष गर्नुपर्ने बताउनुभयो ।
उहाँले महिलाहरूले राजनीतिक अधिकार पाए पनि आर्थिक,सामाजिक र सांस्कृतिक अधिकार पाउन बाँकी रहेको बताउनुभयो ।
अनेमसंघका केन्द्रीय सचिवालय सदस्य विजुला रायमाझीले सामाजिक न्याय ,समानता र आत्मसम्मानको निम्ति निरन्तर संघर्ष गरिरहनुपर्ने बताउनुभयो । उहाँले सामाजिक विकृति ,लैङ्गगिक हिंसा र विभेदका बिरुद्ध आवाज बुलन्द गर्न महिलाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य प्रेमनारायण गैरे,प्रमिला क्षेत्री ,एमाले जिल्ला कमिटीका उपाध्यक्ष ईश्वरा पोख्रेल ,जिल्ला कमिटी सदस्य तथा अनेमसंघ ईन्चार्ज मिश्रा आचार्य ,जिल्ला कमिटी सदस्य विष्णु आचार्य ,माया भुसाल ,शुशीला गैरे,जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मी ज्ञवाली ,मालारानी गाउँ पालिकाका उपाध्यक्ष दिपा पोख्रेल ,महिला नेतृ हरिदेवी घिमिरे ,एमाले जिल्ला कमिटी सदस्य शुष्मा श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष दीपा आचार्यको अध्यक्षता ,उपाध्यक्ष सुनिता भट्टराईको स्वागत मन्तव्य र सचिव मेनका पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला भरीका अगुवा महिला नेतृहरुको सहभागीता रहेको थियो । अनेमसंघले पालिका र वडा तह सम्म प्रशिक्षण कार्यक्रम संचालन गर्ने तयारी गरेको जिल्ला अध्यक्ष आचार्यले बताउनुभयो ।
महिला अधिकारको सुनिश्चितता एमाले गर्छ : अध्यक्ष भुसाल
By नेपाल राज्य