शोभाखर पन्थी,अर्घाखाँची ।
नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्रकुमार क्षेत्रीले एमाले नेता स्वर्गीय कमल प्रसाद श्रेष्ठको निधनले पार्टीलाई ठुलो क्षति भएको बताउनु भएको छ ।
दिवङ्गत नेता श्रेष्ठको सातौं दिनको पुण्ड्य तिथिमा प्रतिक्रिया दिंदै उहाँले स्वर्गीय श्रेष्ठले पार्टीलाई अप्ठ्यारो परेको समयमा दृढताका साथ सधैव सहयोग पुर्याउँदै आएको बताउनु भयो । उहाँले श्रेष्ठको निधनले पार्टीले एउटा बलियो खम्बा र समाजले संरक्षक गुमाएको बताउनु भयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले जिल्लाको राजनीतिक ,शैक्षिक , सामाजिक र सांस्कृतिक आन्दोलनमा स्वर्गीय श्रेष्ठको ठूलो भुमिका रहेको बताउनु भयो । स्वर्गीय श्रेष्ठ भौतिक रुपमा नरहेपनि पार्टी र जनताको बीचमा सधैं अमर रहने उहाँको भनाइ थियो । अध्यक्ष भुसालले एक अथक योद्धालाई गुमाउनु पर्दा निकै पिंडा बोध भएको बताउनु भयो । उहाँले नेकपा एमाले घरपरिवारको दु:ख सुखमा साथ सहयोग गर्न तत्पर रहेको भन्दै चिन्ता नलिन घरपरिवारलाई आश्वस्त समेत पार्नु भयो ।
नेकपा एमाले भुमिकास्थान नगरपालिका ८ नं. वडा कमिटी द्वारा आयोजित कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य बसन्ता पौडेल,जिल्ला कमिटी सचिव तोजबहादुर रायमाझी(बिधान),उप-सचिव शम्भुप्रसाद पोख्रेल, प्रदेश कमिटीका पुर्व सदस्य प्रेमनारायण गैरे,सरोज भुसाल,सन्धिखर्क नगरकमिटीका ईन्चार्ज युवराज श्रेष्ठ ,सह-ईन्चार्ज मोतिजङ्ग रायमाझी,भुमिकास्थान नगर कमिटीका सह-ईन्चार्ज रेशम थापा,अध्यक्ष मणि पौडेल,नेकपा एमाले जिल्ला कमिटीका सदस्य राजकुमार श्रेष्ठ ,लेखा कमिटीका अध्यक्ष नारायण अर्याल, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष ध्रुब के.सी.,प्रेस चौतारी नेपाल लुम्विनी प्रदेश कमिटीका अध्यक्ष शोभाखर पन्थी,नेकपा एमाले सन्धिखर्क नगर कमिटीका सचिव कुशल भुसाल,नेकपा एमालेका स्थानीय नेताहरु रामचन्द्र ढुङ्गाना,चन्द्र प्रसाद श्रेष्ठ ,वाबुराम श्रेष्ठ ,नारायण खड्का, लगायतको उपस्थिति थियो ।
एमाले भुमिकास्थान ८ नं. वडा कमिटीका अध्यक्ष प्रेमलाल भुसालको संचालनमा सम्पन्न श्रध्दाञ्जलि कार्यक्रममा ठुलो संख्यामा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।
श्रेष्ठको यहि माघ-१९ गते ७२ बर्षको उमेरमा निधन भएको थियो ।