अर्घाखाँची – हरितालिका तीज–२०८२ को अवसरमा मालारानी गाउँपालिकाले आयोजना गरेको वडा स्तरीय तीजगीत प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।
प्रतियोगितामा ११ टिम सहभागी भएका मध्य मालारानी–४ वडाले प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै, मालारानी–९ ले दोस्रो, मालारानी–६ ले तेस्रो र मालारानी–७ ले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइराला, उपप्रमुख लक्ष्मी शर्मा ज्ञवाली, संस्थापक पालिका अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री लगायतको विशेष आतिथ्यता रहेको थियो ।
प्रतियोगिताको अध्यक्षता पालिका अध्यक्ष दलबहादुर भट्टराईले गरेका थिए भने स्वागत मन्तव्य पालिका उपाध्यक्ष दिपा पोख्रेलको रहेको थियो । कार्यक्रमको सञ्चालन राजु खनालले गरेका थिए ।
तस्बिर :