सचिन बाेहाेरा
अर्घाखाँची– असार ६ गते साँझको बेला खाना खानेबेलामा झगडा गरी शितगंगा नगरपालिका–४ ठाडाका २६ वर्षीय हेमन्त कार्कीले ५२ वर्षीय आमा कमला कार्कीलाई नाकको डाडीमा हानेका थिए । धेरै रगत बगेपछि आमालाई उपचारको लागि अस्पताल लगिएको थियो । उपचारपछि घर ल्याइयो । काठमाडौ ल्याउने र लैजाने भैरहेको थियो ।
२६ दिनपछि आमाको काठमाडौ स्थित अस्पतालनमा निधन भयो । आइतवार इलाका प्रहरी कार्यालय ठाडामा हेमन्तका वुवा ६२ वर्षीय तिलक कार्कीले जोहरी दिए । प्रहरीले पक्राउ ग¥र्याे । कान्छा छोरा हेमन्त केही वर्षअघि भारतमा नोकरी गर्न गएका थिए । तयसपछि उनी मानसिक असन्तुलन जस्तै भएर फर्किए । उनलाई उपचारको लागि अस्पताल पनि घरपरिवारले लगे । आमावावुसँग झगडा गरिरहने । छिमेकीसित झगडा गर्ने गर्थे । छिमेकी उनीसित नजिक पर्ने थिएनन् ।
असार ६ गते खाना खानेबेला हेमन्तले आमासित झगडा भएपछि नाकको डाँडीमा हानेर ढलाएका थिए । जाहेरीपछि प्रहरीले पक्राउ गरेर सन्धिखर्क ल्याएको छ । प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले ज्यान सम्बन्धी कशुरमा मुद्धा चल्ने बताए । घटनाको बारेमा थप अनुसन्धान भैरहेको उनले बताए । बुझ्दा हेमन्तले मानसिक रोग सम्बन्धी औषधि सेवन गरेको त्यो पनि नियमति औषधि नखाने, वुवाआमासँग बारम्बार झगडा गरिरहने गरेको उनले बताए । छिनछिनमा फरकफरक कुरा गरिरहने गर्छन् ।