नेपालराज्य संवाददाता
अर्घाखाँची– शितगंगा नगरपालिका प्रमुख छविलाल पौडेलले नगरको १४ वटै वडाभित्र ८४ वर्ष उमेर पुगेरकालाई नगरले वर्षगाँठ मनाइदिने बताउनुभएको छ । उनीहरुलाई सम्मान स्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराइनेछ । ८४ वर्ष उमेर पुगेरका नगरभित्र १ सय ७५ जना रहेका छन् ।
८४ वर्ष उमेर पुगेर तर, आर्थिक अभावका कारण चौरासी गर्न नसकेकाले यही २५ हजार रकमले चौरासी पुजा गर्ने पौडेलले बताउनुभयो । नगरको यो कार्यक्रमप्रति वृद्धवृद्धामा खुसीयाली छाएको छ ।