मकवानपुर । हेटौँडाबाट काठमाडौँ जाँदै गरेको एक इभी सवारीसाधन दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन्।
शुक्रबार दिउँसो मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ स्थित रातमाटेमा सो दुर्घटना भएको प्रहरीले जनाएको छ।
मधेस प्रदेश नम्बर ०३–००१ ज ०५५१ नम्बरको उक्त ईभी गाडी हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको थियो। तर, अनियन्त्रित भई गाडी सडकबाट करिब १५ मिटर तल खस्दा दुर्घटना भएको हो।
घाइतेहरुको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
थप विवरण आउन बाकी।