हरि कुँवर, अर्घाखाँची ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीको अध्यक्षमा गणेश खनाल निर्वाचित भएका छन् ।
अध्यक्षका निकटतम प्रतिद्वन्द्वी अशोक खनाल लाई १९ मत अन्तरले पराजित गर्दै गणेश अध्यक्षमा निर्वाचित भएका हुन् ।
शुक्रवार सकिएको मतगणनाअनुसार प्रेस युनियन नेपाल अर्घाखाँची , प्रेस चौतारी अर्घाखाँची सहितको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका गणेश खनालले ३३ मत प्राप्त गरेका थिए ।
५७ मतदाता मध्ये ४७ मत खसेको थियो प्रेस युनियन नेपाल अर्घाखाँचीको तर्फबाट सागर महतले अधिक ३४ मत प्राप्त गरि सदस्यमा निर्वाचित भएका हुन् ।
जसको उपाध्यक्ष रुद्रमणी भुसाल , महिला उपाध्यक्ष अम्बिका श्रेष्ठ , सचिव लक्षमण घिमिरे , सहसचिव घनश्याम पौडेल , कोषाध्यक्ष नवीन केसी , कमला पोख्रेल ,सागर परिवार मधु कुमार श्रेष्ठ र सदस्य हरु अमृत श्रेष्ठ, नवीन पन्थी ,नारायण पोख्रेल,बिष्नु खनाल र सागर महत
लगायतको समूह बिजयी भएको निर्वाचन अधिकृत बिस्नु प्रसाद भुसालले बताएका हुन् ।
नव निर्वाचित टिमले आज प्रमाण पत्र ग्रहण पद तथा गाेपनीयताकाे शपथग्रहण गरिने बुझिएको छ।
