नेपाल राज्य संवाददाता
अर्घाखाँची– नेपाली कांग्रेस पूर्वसभापति, सन्धिखर्क नगरपालिका पूर्वनगर प्रमुख र अर्घाखाँची प्रदेशसभा (ख) का उम्मेदवार कमलप्रसाद भुसालले मंसिर ४ गतेको चुनाव जितेपछि आफुले हरेक गाउँका स्थानीयसँग बसेर छलफल गरेर ५ वर्षे आवधिक योजना बनाएर काम गर्ने बताए । उनले हरेक क्षेत्रका विशेषज्ञलाई राखेर विकास योजना बनाउने दावी गरे ।
शितगंगाका विभिन्न चुनावी सभामा बोल्दै भुसालले जे गर्न सकिन्छ, त्यही मात्रै गर्ने र आफुले पनि गर्न सक्ने मात्रै गर्ने बताउँदै चुनाव जित्नका लागि गर्न नसक्ने काम गुर्छ भनेर झुटा कुराका आश्वासन नदिने उनले बताए । आफुले सन्धिखर्क मेयर हुँदा थुप्रै नगरको विकास गरेकाले अब संसदको चुनाव जितेपछि यस क्षेत्रको सबै विकास गर्ने बताए ।