काठमाडौं । धरहरा सञ्चालनमा आएको १५ महिनामा ११ करोड ७ लाख रुपैयाँ राजस्व संकलन भएको छ। अहिलेसम्म ६ लाखभन्दा बढीले अवलोकन गरिसकेका छन्।
२०७२ को भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा पूर्ण रूपमा नसकिँदै सर्वसाधारणका लागि खुला गरिएको हो। हाल करिब ८५% काम सकिएको छ भने बाँकी निर्माण चालु आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य छ।
दैनिक १,२००–१,४०० र बिदामा करिब २,००० सम्मले अवलोकन गर्ने गरेका छन्। टिकट शुल्क नेपालीका लागि २०० रुपैयाँ रहेको छ भने विद्यार्थी ज्येष्ठलाई छुट तोकिएको छ।

