काठमाडौं । सरकारले रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई मनोनीतिका लागि सिफारिस गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले गुल्मीका अर्याललाई राष्ट्रिय सभा सदस्य पदका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
उनी प्रसंशाका पात्रथिए पदभार ग्रहण गरेलगत्तै जेनजी आन्दोलनमा मारिएकाहरूको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने र झण्डा झुकाउने निर्णय गरेका थिए ।
गृहमन्त्रीको कार्यभार सम्हालेपछि उनले गरेको पहिलो निर्णयमा मृतकका परिवारलाई काजकिरिया खर्चबापत तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने विषय पनि अगाडि सारेका थिए ।

