काठमाडौं । शिक्षक र कर्मचारीले अब राजनीतिक संगठनमा सक्रियता देखाए बर्खास्त हुन सक्ने भएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आइतबार जारी गरेको विज्ञप्तिमा मन्त्रालयले कुनै पनि राजनीतिक दलका भ्रातृ संगठन वा शुभेच्छुक संस्थामा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीका समूहलाई अबदेखि मान्यता नदिने जनाएको छ।
मन्त्री पुनले स्पष्ट रूपमा सूचना मार्फत चेतावनी दिदै भनेका छन् । सरकारी सेवामा कार्यरत व्यक्तिले पेसागत हकहितका मुद्दाबाहेक अन्य राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने कानुनी व्यवस्था रहेको छ। यस्तो गतिविधिमा संलग्न भएको पुष्टि भए बर्खास्तगीसहितको कारबाही हुने उनले बताएका छन्।
मन्त्रालयले पछिल्ला दिनमा शिक्षासँग सम्बन्धित विभिन्न राजनीतिक समूह र संगठनको सक्रियता बढ्दै गएको भन्दै त्यसप्रति असन्तुष्टि जनाएको छ।

