अर्घाखाँची ,सन्धिखर्क । मदन भण्डारी फाउन्डेशन अर्घाखाँचीका अध्यक्ष तथा युवा नेता श्रीकृष्ण भुसालले एमाले पार्टीभित्र लोकतान्त्रिक पद्धतिको अभ्यासलाई थप शुद्ध बनाउनु पर्नेमा जोड दिएका छन्।
सामाजिक संजालमा लेख्दै अध्यक्ष भुसालले जबजको सार र लोकतान्त्रिक मूल्यमा आधारित नेकपा (एमाले) ले देशलाई सही मार्गमा डोर्याएको उल्लेख गर्दै पार्टीभित्र कसैले पनि दास मानसिकता विकास गर्न नहुने स्पष्ट पारेका हुन् ।
उनले भने, “नेकपा एमालेमा कोही मालिक र कोही दास हुन सक्दैन। सबै कार्यकर्ताले स्वतन्त्र सोच राखेर, पद्धतिसंगत तरिकाले उन्नत लोकतन्त्रको अभ्यास गर्नुपर्छ।”
पार्टीको सबै तहका अधिवेशन, कमिटी र बैठकमा आफ्ना विचार निर्भीक रुपमा राख्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले राजनीतिक परिपक्वता र संगठनात्मक अनुशासन एक–अर्काका पूरक हुनुपर्ने बताए।
भुसालको भनाइ अनुसार एमालेजस्तो लोकप्रिय विचार बोकेको पार्टीमा व्यक्तिवाद वा व्यक्तिकेन्द्रित प्रवृत्तिले हैन, सैद्धान्तिक बहस र सामूहिक निर्णयमार्फत मात्र पार्टी मजबुत बन्ने दाबी छ ।