हिम लेकाल ,मंसिर ६ – अर्घाखाँची ।
अर्घाखाँची बचत तथा ऋण सहकारी संस्था लि . सन्धिखर्क १ अर्घाखाँचीकाे २० औं वार्षिक साधारण सभा सनिबार संगम फुड ल्याण्ड सन्धिखर्कमा सम्पन्न भएकाे छ । कार्यक्रमकाे उद्घाटन संस्थाका अध्यक्ष दाेर्ण प्रसाद भुसालले ब्यानर बाचन गरेर गर्नु भएकाे थियाे ।
सभामा अध्यक्षद्वारा अध्यक्षकाे प्रतिवेदन भावी लक्ष्य तथा कार्यक्रमहरू प्रस्तुत गरिएकाे थियाे भने लेखा समिति संयाेजक टामलाल पाण्डेले लेखा समितिकाे तर्फ बाट र काेषाध्यक्षकाे तर्फबाट जगन्नाथ भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे । ती सबै प्रतिवेदन माथी छलफल गरि हाउस बाट पारित गरिएको थियाे ।
कार्यक्रममा पूर्व केन्द्रीय सांसद तथा यस संस्थाकी सेयर सदस्य बिजुला रायमाझी , सल्लाहकार संयाेजक बालकृष्ण आचार्य , सन नेपाल लाईफ ईन्सुरेन्स कम्पनी प्रमुख मिना बस्याल भट्टराई , सेयर सदस्य जनार्दन खनाल ,मनिराम पराजुली ,लगाएतले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे ।
सभामा ७० बर्ष उमेर पूरा गरेका जेष्ठ सेयर सदस्यहरूलाई सम्मानित गरिएकाे थियाे सम्मानित हुनेहरूमा मानसिंह कुँवर ,पिताम्वर बन्जाडे , टामलाल पाण्डे , बिष्णु प्रसाद आचार्य , चुरामणि भुसाल ,जमुना पाैडेल रहनु भएकाे छ ।
त्यसै गरि सेयर सदस्यका छाेरा छाेरि मध्ये यस बर्ष कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउने बिद्यार्थी बिष्णु पन्थी बस्यालका छाेरा अवसर बस्याल ,र निर्मला गैरेकी छाेरि विपिसा गैरे लाई सम्मान गरिएकाे थियाे ।
भने सहकारी गतिविधिमा सहयाेग पुर्याउने पत्रकार गुरु प्रसाद खनाललाई सम्मान गरिएकाे थियाे । सम्मानित हुने सबैलाई दाेसल्ला , ओडायर प्रमाण पत्र र नगद सहित अध्यक्ष र सिंगाे टिमबाट सम्मान गरिएकाे थियाे ।
सन्चालक समितिका अध्यक्ष दाेर्ण प्रसाद भुसालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सन्चालन सचिव बिष्णु बस्याल र स्वागत उपाध्यक्ष बाबुराम शर्माले गर्नु भएकाे थियाे ।
याे संस्था २०६३ मा बिधिबत दर्ता भई सहकारि अभियानमा निरन्तर कृयाशिल छ ,याे संस्थामा हाल ७१४ सेयर सदस्य रहेका छन् । यस्ले बेला बेला सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि सन्चालन गर्दै अाएकाे छ । हालै (नेफ्स्कून ) नेपाल बचत तथा ऋण केन्द्रीय सहकारि संघ लि. काे आयाेजनामा बङ्गलादेशमा कार्तिक १६ – २२ मा सम्पन्न अन्तरास्ट्रिय सेमिनारमा संस्थाका अध्यक्षले सहभागी हुनुले संस्थाकाे गरिमा बडेकाे संस्थाका सचिव बताउनु हुन्छ ।
तस्बिर:


