कवितामा “काँडा” – माधव खनाल , अर्घाखाँची ।
फूल नहुनुको अभागी पन
सँधै सहेर तिखो बचन
अरुकै खाँतिर जिएकै छस्
मारेर रहर आँशु पिएकै छस् ।
फूलको सुन्दरतामा रमाउनेलाई
बासनामा मन्त्रमुग्ध हुनेलाई
त्यसको राज के थाहा
देख्छन् फूल मात्रै आहा ।
काँडालाई काँडा हुनुमा दु:ख छैन
गुनासो त दोषी नजरसँग हो
फूलको अहमसँग हो
सुन्दरता पुज्ने चलनसँग हो ।
त्यही फूल ओइलाएपछि
सुगन्ध हराएपछि
कसैको नजर पर्दैन्
जवानीले नेटो काटेपछी ।
जिन्दगी फूल जस्तो हैन
काँडा जस्तो होस्
अरु रमाउने पात्र बन्नु भन्दा
खुशी दिएर सन्तुष्ट हुन पाइयोस् ।
काँडा हुनुमै गर्व लाग्छ मलाई
गलत हर्कतका विरुद्ध लडेर
दुस्मनका हातहरु कोपेर
मलाई बचाउनु छ मेरै अस्मिता
अनि बल्ल जोगिनेछन् फूलका सुन्दरता ।