काठमाडौं । अछाम–२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका यज्ञबहादुर बोगटी विजयी भएका छन्।
बोगटीले ९,५१८ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाह (९,०४६ मत) लाई पराजित गरे।
तेस्रो स्थानमा नेकपाका बलबहादुर कुँवर (६,४९३ मत) र चौथोमा रास्वपाका भुपदेव शाह (४,५६२ मत) रहेका छन्।
यो जीतसँगै बोगटीले २०७९ मा शाहसँग भएको पराजयको बदला लिएका छन्।

