काठमाडौं ।
विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले पत्रकारले कुनै दल आवद्ध युनियन खोल्न वा युनियन सदस्यता लिन मिल्छ ? भनेर प्रश्न गरेका छन् ।
सामाजिक संजाल फेसबुक टुइटरमा लेख्दै उनले सच्चा पत्रकारले पनि कुनै दलप्रति आस्था राख्न सक्ने तर उसले सो दल आवद्ध युनियन खोल्न वा युनियन सदस्यता लिन मिल्छ ? भनेर आपत्ति प्रकट गरेका हुन् ।
उनले फेसबूकमा यस्तो लेख्छ्न :
पूर्व पत्रकार भन्न नि लाज लाग्छ!
सच्चा पत्रकारले पनि कुनै दलप्रति आस्था राख्न सक्छ। तर के उसले सो दल आवद्ध युनियन खोल्न वा युनियन सदस्यता लिन मिल्छ?
देशका प्रधानमन्त्री र आशा गरिएको भनिएका नेता पार्टी आवद्ध पत्रकार युनियनमा गएर आदर्शको भाषण दिन्छन्। पत्रकार, प्राज्ञ, कर्मचारी, वकिल, डाक्टर, इन्जिनियर सबैलाई झोले बनाउनेले भोली सुशासन दिने?
त्यस्ता ‘दलीय’ पेसागत संगठन भङ्ग गर्न माग गर्ने आँट नभएका नेताबाट रूपान्तरणको आश गर्ने? हेरूँला, एउटा सरकारी कार्यालयमा सातवटा युनियनको बोर्ड झुण्डाएर अनि सर्वोच्चमा दलीय आस्थाका आधारमा न्यायाधीश पठाएर तपाईँले आश गरेको नेताले कसरी सुशासन र समुन्नति दिने रहेछन्!
यस्तो पनि हो? बोल्नु पर्दैन तपाईँहरू? बुढा नेतालाई गाली गरेर, हटाएर मात्रै देश बन्छ?