अर्घाखाँची ।
म्यादी प्रहरीले दल,उम्मेदवार विशेष लाई मत मागे कार्वाही गरिने भएको छ ।
म्यादी प्रहरीकाे दिक्षात समाराेहमा बाेल्दै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले सामाजिक सञ्जालमा कुनै दल,उम्मेदवार विशेष लाई मत माग्ने,पक्षपाेषण गर्ने काम नगर्न म्यादी प्रहरी लाई निर्देशन दिएका छन ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले काननुलाई पुर्ण कार्यन्वयन गरि आफनाे कार्य क्षेत्रमा ईमान्दारी पुर्वक कार्य क्षेत्रमा खट्न आग्रह गरे यदि यस्तो नगरेको पाइएमा कानुन बमोजिम कार्वाहि गरिने स्पष्ट पारे ।
समाराेहमा प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले निर्वाचन स्वतन्त्र,ततस्थ र भयरहित तरिकाले सम्पन्न गर्न अ- आफनाे भुमिका निर्वाह गर्न म्यादी प्रहरीलाई आग्रह गरेका थिए ।
निर्वाचन कार्यलयका प्रमुख सुरेश भण्डारीले निर्वाचन सम्पन्न गर्न सबै क्षेत्रकाे सहयाेग आवश्यक रहेकाे बताएका हुन ।
प्रहरी निरिक्षक कृष्ण घिमिरे,प्रहरी निरिक्षक अर्जुन पाैडेल लगाएतको उपस्थितिमा सम्पन्न भएको हो ।