काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले युवापुस्तालाई नेतृत्व सम्हाल्न आह्वान गर्दै आफू पद त्याग्न तयार रहेको बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “यो युवाहरूको समय हो, युवाहरूले अगाडि बढ्नुपर्छ, युवाहरू तयार भए पद छोड्न तयार छु। ”
उनका अनुसार युवापुस्ता राष्ट्र विकास, वैज्ञानिक अनुसन्धान, अध्ययन–अध्यापन तथा नयाँ आविष्कारमा सक्रिय हुनुपर्छ । युवाहरू अघि बढेर जिम्मेवारी सम्हाल्न तयार भए आफूले पदमा बसिरहनु आवश्यक नरहेको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले युवाहरूलाई प्रोत्साहित गर्न सरकार सधैं साथमा रहने उल्लेख गरे । उनले नेपालमा लगानी र काम गर्न कुनै बाधा नरहेको दाबी समेत गरे ।