बुटवल ।
नेकपा एमाले लुम्बिनीले आफ्ना सदस्यको एकै पटक परीक्षा लिने भएको छ ।
लुम्बिनीले प्रदेशमा रहेका ८६ हजार २ सय ६० जना सदस्यको एकै पटक परीक्षा लिने भएको हो ।
चैत ५ गते हुने कार्यक्रममा नेकपा एमाले पार्टी लाई मजबुत बनाउन सदस्यहरूलाई नीतिगत तथा अन्य जानकारी दिलाउने उद्देश्यले यस प्रकारको नयाँ कार्यक्रम थालिएको एमालेले जनाएको छ ।
१२ मध्ये १ जिल्लामा मात्रै अधिवेशन सकिएको र वडागत परीक्षा सकिएपछि सबै जिल्लामा अधिवेशनको तयारी सगै निष्क्रिय सदस्यलाई क्रियाशील र जवाफदेही बनाउन यो कार्यक्रम थालिएको प्रचार विभाग प्रमुख डिआर घिमिरेले बताए ।