काठमाडौं ।
नव नियुक्त पाँच देशका राजदूतहरूले शपथ लिएका छन् ।
बुधबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच नव नियुक्त राजदूत कप्रकाशमणि पौडेल (गणतन्त्र पोर्चुगल), प्रा.डा. कपिलमान श्रेष्ठ(गणतन्त्र दक्षिण अफ्रिका), सेवा लम्साल (बेल्जियम अधिराज्य)
डा. नेत्र प्रसाद तिम्सिना(मलेसिया) र
सुम्निमा तुलाधर(डेनमार्क) लाई राष्ट्रपति रामचन्द्र पौडेलले पदको पद तथा गोपनीयताको शपथ गराएका हुन् । उक्त अवसरमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।