नेपाल राज्य संवाददाता
काठमाडौ– बिहीवार बसेको मन्त्रीपरिषदको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशभर एकै चरणमा मंसिर ४ गते गर्ने घोषणा गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार सत्ता गठबन्धनका शीर्ष नेताहरुसित छलफल गरी मंसिर ४ गते नै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने सहमती जुटाएका थिए । बिहीवार मन्त्रीपरिषद बैठक बसेर २०७९ साल मंसिर ४ गते आइतवार एकै चरणमा संघ र प्रदेशसभाको चुनाव गर्ने घोषणा गरेको हो ।