हरि कुँवर, अर्घाखाँची ।
छैठौं अर्घाखाँची महोत्सवमा सनिवार आधा दर्जन बढी कलाकारले आफ्नो दमदार सांगीतिक प्रस्तुति दिएका छन् ।
छैठौं दिनको महोत्सवमा पुष्कल शर्मा,विमता घर्ति मगर,राजेन्द्र गुन्द्रके,मनोज गोर्खाली,रमेश श्रेष्ठ,शोभा त्रिपाठी लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले दमदार गीत-संगीत प्रस्तुत गरेका हुन् ।
सार्वजनिक बिदाको दिन भएकाले सनिवार दर्शकको निकै उत्साहजनक उपस्थिति रहेको थियो । लोकप्रिय गायक पुष्कल शर्माले ‘माया गर्छु भन्नेले दिल जलायो मेरो ’ बोलको गीत गाउँदा दर्शकहरुले निकै ताली हुटिङ गर्दै नाचेका थिए ।
गुल्मी पाल्पा दाङ देखि महोत्सव हेर्न आएको बुझिएको छ । प्युठानका ६२ वर्षीय दिल बुढा मगरले ज्योति मगर आउने भनेपछि आफू अर्घाखाँची महोत्सव हेर्न आएको बताएका छन् । भिडियो मार्फत कलाकार ज्योति मगरले फलाइटको समस्याले महोत्सवमा उपस्थित हुन नपाएको बताइन् ।
अर्घाखाँची उद्योग वाणिज्य संघले कलाकारहरु लाई संमान तथा मायाको चिनो प्रदान गरेको थियो ।
“कृषि, पर्यटन, उद्योग र व्यापार समृद्ध नगरको बलियो आधार” भन्ने मुलनाराका साथ पुष २९ गते सुरु भएको मेला माघ १२ गतेसम्म चल्नेछ ।
भोलि अर्थात ६ गते कलाकार टंक तिमिल्सिना,मन्जु भट्टराई,मन्जु पौडेल,प्रितम मल्ल,रमेश श्रेष्ठ लगायतले प्रस्तुति दिने अर्घाखाँची उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।