अर्घाखाँची । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका विभिन्न वडाको मतगणनाको ताजा परिणाम सार्वजनिक भएको छ ।
हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि भुसाल अग्रस्थानमा रहेका छन्।
सन्धिखर्क नगरपालिका–३ र ४ को गणनाअनुसार हरि भुसाल (घण्टी) ले ९२४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका बिष्णु खनाल (रूख) ले ७७३ मत पाएका छन्। त्यस्तै नेकपा एमालेका पीताम्बर भुसाल (सूर्य) ले २४३ मत प्राप्त गरेका छन् भने नेकपाका रामबहादुर चौहान (तारा) ले ८८ मत पाएका छन्।
त्यसैगरी सन्धिखर्क नगरपालिका–२ मा हरि भुसाल (घण्टी) ले ८१५ मत प्राप्त गर्दा पीताम्बर भुसाल (सूर्य) ले ५८५ मत पाएका छन्। बिष्णु खनाल (रूख) ले १६८ मत प्राप्त गरेका छन् भने रामबहादुर चौहान (तारा) ले ४० मत पाएका छन्।
यस्तै सन्धिखर्क नगरपालिका–१ को मतगणनाअनुसार हरि भुसाल (घण्टी) ले ९६८ मत प्राप्त गरी अग्रता लिएका छन्। पीताम्बर भुसाल (सूर्य) ले ५५० मत तथा बिष्णु खनाल (रूख) ले ४६३ मत प्राप्त गरेका छन्। रामबहादुर चौहान (तारा) ले ७५ मत पाएका हुन् ।
रास्वपा पहिलो काङ्ग्रेस दोश्रो नेकपा एमाले तेस्रो र चौथो स्थानमा नेकपा रहेको छ । मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकि रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

