अर्घाखाँची ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्य गृह जिल्ला अर्घाखाँची आउने भएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीको भोली (शनिबार) १२औं जिल्ला अधिवेशन र शालिक अनावरण कार्यक्रममा मुख्यमन्त्री चेतनाराण आचार्य आउने भएका हुन् ।
भोलि बिहान नरपानीमा सहिद मनोज जोसी,सुरेन्द्र बिक र झपेन्द्र कार्कीको सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ।
सन्धिखर्कको संगमफुण्ड ल्याण्डमा हुने अधिवेशनको तयारी पुरा भएको संगठनका जिल्ला कोषाध्यक्ष विशाल महतले जानकारी दिएका हुन् ।
अधिवेशनमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइराला,जिल्लाका ६ वटा पालिका बाट संगठनका
प्रतिनिधिहरुको सहभागी रहने कार्यक्रम रहेको संगठनका कोषाध्यक्ष महतले जानकारी दिएका हुन् ।