काठमाडौं ।
वैदेशिक रोजगारीको लागि बेलायत पठाइदिने भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् ।
धादिङकी रमिला अधिकारी वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा काठमाडौँ चण्डोलबाट पक्राउ परेकी हुन । निरज कुमार थारुको जाहेरीका आधारमा पक्राउ परेकी अधिकारीलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।