अर्घाखाँची – सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मूल संस्थाको भोलि हुने निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बाबुराम भुसालले अर्घाखाँचीबासी मतदातालाई आफ्नो अमूल्य मत दिन आग्रह गरेका छन्।
भुसाललाई कांग्रेस, एमाले सहित अन्य राजनीतिक दलहरूको समेत समर्थन रहेको छ। विभिन्न दलहरूको साथ र उपभोक्ताको विश्वासका आधारमा आफूलाई भारी मतले विजयी बनाउन आग्रह गर्दै भुसालले संस्थाको सुधार, सेवा विस्तार र व्यवस्थापन सुदृढीकरण आफ्ना प्राथमिकता हुने बताएका छन्। सामाजिक संजालमा सक्रिय रहँदै उनले समुदायका विभिन्न सेवा तथा समाजसेवी गतिविधिहरूमा पनि निरन्तर सहभागिता जनाउँदै आएका छन्।
भोलि हुने मतदानमा जिम्मेवार नेतृत्व छान्न सबै मतदातामा सहभागी हुन उनले अपिल गरेका हुन् ।

