काठमाडौं।
मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ मा उम्मेदवारी दर्ता हुने भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार मंसिर २ को बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ । मंसिर ३ मा उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने ४ गते बेलुकाम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ । त्यस्तै मंसिर ५ को दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।
त्यसपछि त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र निर्वाचन चिह्न पनि त्यसै दिन दिइनेछ । १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।