सचिन बोहोरा
अर्घाखाँची– भौगोलिक जटिलताका कारण छिटो विकास गर्न शितगंगा नगरपालिकालाई दुई/तीन वटा गाउँपालिका बनाउनुपर्ने एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य एवं अर्घाखाँची प्रदेशसभा (ख) का उम्मेदवार रामजीप्रसाद घिमिरेले बताए ।
शितगंगाका विभिन्न चुनावीसभालाई सम्बोधन गर्दै घिमिरेले विशेष क्षेत्र भन्दा दुई/तीनवटा गाउँपालिका भन्दा बजेट धेरै आउने र विकास गर्न सजिलो हुने उनले बताए ।
भौगोलिक हिसाबले दुई देखि तिन वटा गाउँपालिका बनाएपछि हाल नगरपालिकामा आउने भन्दो दोब्बर बजेट आउने घिमिरेले बताए । त्यसले समग्र विकास गर्न प्रशस्त बजेट पुग्ने उनको भनाई छ । अहिलेको नगरको बजेट प्रयाप्त छैन ।