काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको दलगत सक्रियता गम्भीर विषय भएको बताएका छन्।
सामाजिक संजालमा लेख्दै उनले भने, “यो अब पार्टीको मात्रै विषय नभई लोकतान्त्रिक गणतन्त्रको मर्यादा र राष्ट्रिय हितसँग जोडिएको मुद्दा बनेको छ।”
संविधानले पूर्व राष्ट्रपतिको राजनीतिक संलग्नताबारे स्पष्ट नबताए पनि अन्तर्राष्ट्रिय अभ्यासअनुसार तटस्थ बस्नुपर्ने भट्टराईको धारणा छ।
उनले भारतलगायत मुलुकमा अवकाशप्राप्त राष्ट्रपतिहरूले दलीय राजनीतिमा सक्रिय नहुने परम्पराको उदाहरण पनि प्रस्तुत गरे।
भट्टराईले पूर्व राष्ट्रपतिको एमाले फर्किने भनाइ ‘जबज’ को आत्माविपरीत भएको समेत टिप्पणी गरे। राष्ट्रपतिको कुर्सीबाट पार्टीको मञ्चमा फर्कनु गणतन्त्रको अपमान भएको टिप्पणी गर्न खोजे ।
अन्त्यमा उनले भने, “हिजो गणतन्त्र ल्याउन योगदान दिने नेताबाट जनताले अब राजनेताको भूमिका अपेक्षा गरेका छन्, दलको कार्यकर्ताको होइन।”

