शोभाखर पन्थी- अर्घाखाँची,असार १४ ।
नेकपा एमालेका नेताहरुले नेकपा एमालेलाई फुटाउने षडयन्त्र किमार्थ स्वीकार्य नहुने बताएका छन् ।
७४ औं मदन जयन्तिको अवसरमा रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँची द्वारा आयोजित वृक्षरोपण तथा प्रवचन कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले प्रतिगामी दलालहरुले पटक पटक नेकपा एमालेलाई निशाना बनाएर विभाजन गरेको स्मरण गराए ।
उनिहरुले नेकपा एमाले मुलुकमा बलियो शक्तिको रुपमा स्थापित भएमात्र राष्ट्रिय स्वाधिनता,बिकास र समृद्धिले सार्थकता पाउने भन्दै अझै एकताबद्ध भएर अगाडी बढ्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्रकुमार क्षेत्रीले नेकपा एमालेलाई समाप्त पार्छु भन्नेहरु आफै समाप्त भएर जाने बताउनु भयो । नेकपा एमालेलाई एकताबद्ध,सुदृढ र बलियो पार्टी बनाउन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले खेल्नुभएको भूभिकाको मुक्तकण्ठले प्रसंसा गर्दै नेता क्षेत्रीले उहाँलाई पूर्णरुपमा साथ दिएर अगाडी बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले नेकपा एमालेलाई कुनै तागतले कमजोर पार्न नसक्ने बताउनु भयो । उहाँले हरेक अप्ठ्यारो परिस्थितिमा पार्टीलाई कमजोर पार्न एकथरी मान्छेहरु लाग्ने गरेको स्मरण गराउँदै अप्ठ्यारो बेलामा भाग्ने र सहजताको समयमा ठूलठूला कुरा गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
भुसालले नेकपा एमाले सधैव मदनको विचारमा दृढ रहने प्रतिवद्धता समेत प्रकट गर्नुभयो ।
रिटर्नी फेडेरेसन नेपालका जिल्ला अध्यक्ष मित्रमणी मिश्रको अध्यक्षता ,सिर्जना आचार्यको स्वागत मन्तव्य र राजेन्द्र पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्यहरु केवी भुसाल,सरोज भुसाल,प्रमिला क्षेत्री,जिल्ला कमिटीका उपाध्यक्ष शम्भुप्रसाद पोख्रेल,सचिव तोजवहादुर रायमाझी,कार्यालय सचिव लिला बराल,क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष युवराज श्रेष्ठ,सन्धिखर्क नगर कमिटीका सहजकर्ता मोतिजङ्ग रायमाझी ,जिल्ला सचिवालय सदस्य खुविराम आचार्य,जिल्ला कमिटी सदस्य नारायण वस्याल,लक्ष्मण पराजुली,लक्ष्मीनारायण चुँदाली,देवी थापा,कमला खनाल भण्डारी,सन्धिखर्क नगर कमिटीका उपाध्यक्ष नारायण खड्का,नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश खनाल,राष्ट्रिय युवासंघका केन्द्रीय सदस्य विनोद बस्नेत,अनेरास्ववियूका केन्द्रीय सदस्य विराज मुखिया लगायतले नेपालको वामपन्थी आन्दोलनमा मदन भण्डारीले पुर्याउनु भएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।
सोही अबसरमा सन्धिखर्क-१० ग्रिन पार्क एयर पोर्टमा कल्कि,कपुर,धुपी लगायतका २ सय बढी बिरुवा रोपीएको आयोजकले जनाएको छ ।