काठमाडौं ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको आगामी ११औं महाधिवेशनमा पार्टी अध्यक्ष बन्ने चाहना व्यक्त गरेकी छन्।
एउटा कार्यक्रममा उनले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव र समर्थनमा नेतृत्व लिन खोजेको स्पष्ट पार्दै, ओली तयार नभए प्रतिस्पर्धामा जान आफू तयार रहेको बताइन्।
ओली दुई कार्यकाल अध्यक्ष भइसकेको र ‘एउटै कक्षामा जाँच दोहोर्याउँदिन’ भन्ने सोच भएकाले आफूले अवसर पाउने विश्वास व्यक्त गरिन्। भण्डारीले लोकतान्त्रिक प्रक्रियाअनुसार सहमतिको प्रयास प्राथमिकता भएको तर सम्भव नभए प्रतिस्पर्धालाई स्वाभाविक मान्ने धारणा राखिन्। उनले आफू पार्टी अध्यक्ष हुँदै पहिलो महिला प्रधानमन्त्री बन्ने अवसरका लागि पनि खुला रहेको बताइन्।