नेपाल राज्य संवाददाता
देउखुरी (दाङ)– प्रधानमन्त्री पुष्पकमल दाहालले तीन तहको संघीय प्रणालीमा प्रदेश संरचना संघ र स्थानीय तहलाई जोड्ने महत्वपूर्ण सेतु भएको बताए । उनले संघीयता कार्यान्यवन, विकास र समृद्धि एवं सेवा प्रवाहका दृष्टिले उत्कृष्ट काम गरेर व्यवस्था विरोधीहरुका षडयन्त्रलाई निस्तेज पार्नुपर्ने बताए ।
‘प्रदेशलाई आर्थिक अधिकार दिनै नचाहने, कथमकदाचित दिइहाले सशर्त अनुदानका नामबाट केन्द्रकै योजना तोकेर पठाउने प्रचलन विगतमा विद्यामान थियो,’ शनिवार लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्दै दाहालले भने, ‘अब नीति, कार्यक्रम बजेटमा परिवर्तन हुन्छ । नयाँ ढाँचामा र नयाँ कार्यतालिका अनुसार हुन्छ, ३ करोड भन्दा साना योजनाहरु सिधै प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिन्छ ।’ उनले अन्तरप्रदेश समन्वय परिषद्को बैंठक शीर्ष नेताहरु र मुख्यमन्त्रीलाई सँगै राखेर निरन्तर छलफल गरिरहेको उनले बताए ।
संघीयताका नवीन र असल अभ्यासहरुको अनुकरण र अबलम्वन गर्दै नेपालको संघीयता र लोकतन्त्रको अनुपम अभ्यास गरेर विश्वसामु देखाउनुपर्ने बताउँदै दाहालले संघीयतालाई उदाहरणीय बनाउन हामी सबैले अन्तरमनदेखि संकल्प गर्नु जरुरी रहेको बताए ।
लुम्बिनी प्रदेशले संघीयता कार्यान्वयन, विकास र सृमद्धि एवं सेवा प्रवाहको दृष्टिले उत्कृष्ट काम गरेकोले आफुले प्रसंशा गरेको उनले बताए । प्रधानमन्त्री दाहालले गौतम बुद्धको भूमीलाई ब्राण्डिङ गर्ने, पर्यटनमैत्री नीति र कानून निर्माण गर्दै पर्यटनमैत्री पूर्वाधार निर्माण गर्ने एवं पर्यटन मार्फत विकास र समृद्धिमा गुणात्मक फड्को मार्नेतर्फ सोच्नु जरुरी रहेको बताए ।
उनले संघीय कानूनहरु निर्माणमा सरकार सक्रिय रुपमा लागिरहेको र संघीय शिक्षा ऐंनको संसदमा मस्यौता प्रस्तुत भैसकेको उनले । संघीय निजामति ऐेन पनि छिटै संसदमा प्रस्तुत हुने दाहालको भनाई छ ।