हरि कुँवर, अर्घाखाँची ।
प्रेस चौतारी अध्यक्ष गणेश बस्नेत लाई पक्राउ गर्न खोजेको प्रति प्रेस चौतारी अर्घाखाँचीको ध्यानाकर्षण भएको छ ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई समाचारको विषयलाई लिएर नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउको प्रयास गरेको घटनाप्रति प्रेस चौतारी अर्घाखाँचीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
प्रेस चौतारी नेपाल अर्घाखाँचीका अध्यक्ष बसन्त श्रेष्ठ र सचीव माधव बेल्वासेले बिहीबार प्रेस विज्ञप्ति जारी गरि समाचारमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानूनी व्यवस्था रहदा रहदै पनि समाचार लेखेकै कारण अपराधी जसरी सुनियोजित रुपमा पकाउ गर्न खोजिनु आफैमा आश्चर्यजनक विषय
भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
बिहिवार दिउँसो करिब ४ बजे प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीको साइबर ब्यूरोले जबरजस्ती पक्राउ गर्न खोजेपछि छलफलमा रहेका अन्य पत्रकारले प्रतिरोध गरेपछि पक्राउ नगरी प्रहरी फर्किएको बताइएको छ।
प्रेस विज्ञप्ति :