अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँचीले २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार पीताम्बर भुसालको निर्वाचनसँग सम्बन्धित बैठक तथा भेटघाट कार्यक्रम सार्वजनिक गरेको छ।
एमाले अर्घाखाँचीले माघ ११ गतेदेखि फागुन १७ गतेसम्म सञ्चालन हुने विभिन्न निर्वाचन केन्द्रित बैठक, छलफल तथा मतदाता भेटघाट कार्यक्रमको तालिका सार्वजनिक गर्दै सम्वद्ध सबैको जानकारीका लागि सार्वजनिक गरिएको जनाएको छ।
सार्वजनिक कार्यक्रमअनुसार माघ १७ र १८ गते काठमाडौँमा विशेष भेटघाट कार्यक्रम तय गरिएको छ। उक्त अवधिमा पार्टी नेतृत्व, शुभेच्छुक, बुद्धिजीवी तथा मतदातासँग व्यापक छलफल तथा अन्तर्क्रिया गरिने पार्टी कार्यालयका सचिव लिला बरालले जानकारी दिए। एमाले अर्घाखाँचीले निर्वाचन अभियानलाई व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउने उद्देश्यले कार्यक्रम तालिका सार्वजनिक गरिएको एमाले जिल्ला सचीव तोज ब. रायमाझीले जानकारी दिए ।
पार्टीले निर्धारित तालिकाअनुसार जिल्लाका विभिन्न स्थानमा पुगेर मतदाता भेटघाट, संगठन सुदृढीकरण तथा चुनावी रणनीतिबारे छलफल गर्ने तयारी गरेको बताएको हो ।
सार्वजनिक गरिएको कार्यक्रम तालिका :



