बुटवल । चर्चित गायिका तथा पूर्वसांसद कोमल वलीका पिता ८५ वर्षीय ललितबहादुर वलीको शुक्रबार दाङको तुलसीपुरस्थित निवासमा छतबाट खसेर निधन भएको छ।
वलीले सामाजिक सञ्जालमार्फत बुवाको निधनभएको जानकारी दिएकी हुन्। पार्थिव शरीर तुलसीपुरस्थित दिपा–ललित निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ।
ललितबहादुर वली दाङका सक्रिय साहित्यकार तथा समाजसेवी थिए। उनका ‘दर्पण’ र ‘मातृभूमि’ कृतिसहित सात गीत रेडियो नेपालमा रेकर्ड भएका छन्।

